बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अधिकांश विद्यालयमा सरस्वती पूजा गरियो

अधिकांश विद्यालयमा सरस्वती पूजा गरियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०७७, मंगलबार

बागलुङ ४ फागुन– श्रीपंचमी तथा बसन्त पंचमी बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलवार बागलुङको धौलागिरी बहुमुखी क्यामपस सहित अधिकांस बिद्यालयमा सरस्वती पूजा गरिएको हो ।
बसन्त पंचमीको अबसर पारेर बालबालिकालाई अक्षर आरम्भ गराउने चलन पनि छ । साथै अधिकांस संस्थागत बिद्यालयहरुले पनि सरस्वती पूजाकै दिन पारेर बार्षिकोत्सव मनाउने, बिभिन्न सास्कृतिक क्रियाकलाप गर्ने र पुरस्कार बितरणका कार्यक्रमहरु संचालन गर्दै आएका छन् । सदरमुकाममा रहेको चिल्ड्रेनलाईफ बोर्डिङ स्कुलले विद्यार्थी तथा अभिभावक डाकेर सरस्वती पुजा गरेको छ । रामरेखामै रहेको न्यू एभरेष्ट एकेडेमिले पनि अक्षर आरम्भ तथा सरस्वती पुजा ग¥यो । गरिमा डिग्नीटी, फ्युचर ब्राईटर, न्यु वेएसिस विद्यामन्दिर लगायतका विद्यालयले ऋषिपञ्चमी अर्थात सरस्वती पुजा गरेका हुन्् । सदरमुकाममा रहेका अधिकांश विद्यालयको बार्षिकोत्सव समेत सरस्वती पुजाकै दिन मनाउने चलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->