शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्रीकप विजेता महिला भलिबल खेलाडीलाई स्वागत

मुख्यमन्त्रीकप विजेता महिला भलिबल खेलाडीलाई स्वागत


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७७, बुधबार

बेनी, १२ फागुन– मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको विजेता खेलाडीलाई बुधबार म्याग्दीमा भब्य स्वागत गरिएको छ । जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीलाई पञ्चेबाजा घन्काउदै बेनीबजार परिक्रमा गराएको हो । प्रदेशस्तरीय महिला भलिबलको उपाधी जितेर म्याग्दीको शीर उच्च बनाएको भन्दै भलिबल संघको आयोजनामा निजी तथा सरकारी विद्यालयका विद्यार्थी सहितको उपस्थिती स्वागत सम्मान सहित बिरेन्द्रचोक, न्यूरोड, क्याम्पसचोक, गणेशटोल, बैंकरोड हुदै जिससको सभाहलमा कार्यक्रम गरी सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विनोद केसीले भलिबल खेलमा म्याग्दीको राष्ट्रियस्तरमा पहिचान रहेको बताए । जिसस प्रमुख देबेन्द्रबहादुर केसीले भलिबल खेलाडीलाई बधाई दिदैं खेलकुदमा तीनै तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।सोही अवसरमा प्रजिअ उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, शसस्त्र प्रहरीका डिएसपी हरि गुरुङ, राष्ट्रिय अनुसन्धान म्याग्दीका प्रमुख महेश गुरूङ, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबलका प्रमुख प्रशिक्षक तेजेन्द्र बानियाँ, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
महिला भलिबलकी क्याप्टेन अरुणा शाही, खेलाडी कमला पुन प्रशिक्षणमा ब्यस्त रहेकाले उपकप्तान पवित्रा सिर्पाली सहितको उपस्थिती रहेको थियो । पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा म्याग्दीले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको थियो भने पुरुषतर्फ म्याग्दी सेमिफाइनबाट बाहिरिएबो थियो ।उपाधीसंगै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक बानियाँ उत्कृष्ट प्रशिक्षक र कमला पुन उत्कृष्ट सर्भर घोषित हुदैं जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त समेत गरेका थिए ।
मुख्यमन्त्री कप विजेता खेलाडीलाई म्याग्दी प्रहरीको सम्मान
मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको विजेता खेलाडीलाई जिल्ला प्रहरी कार्यालयले समेत सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले प्रहरीको समेत सम्पत्ती भएकाले सम्मान गरिएको बताउनुभयो । ‘म्याग्दीका खेलाडीले जित्दा हामी उत्साहित छौ,‘प्रहरीले समुदायसँग सहकार्य गरी अगाडी बढ्छ’ प्रनाउ राईले भने । त्यस्तै महिला भलिबलकी उप कप्तान पवित्रा सिर्पालीले सम्मानले उर्जा थपिएको बताईन् । ‘जिल्लालाई प्रदेशस्तरीय उपाधी जिताउन पाउँदा उत्साहिन छौ,‘अब हामीले अझै राम्रो खेल्ने प्रयास गछौं’ सिर्पालीले भनिन् म्याग्दी जिल्लाको इतिहासमा हालसम्म खेलकुदको क्षेत्रमा प्रहरीले कार्यक्रम आयोजना गरी खेलाडीलाई सम्मान गरेको पहिलो भएको बताउँदै प्रहरीमार्फत ब्यवसायीक खेलकुदमा धेरै राम्रो सहयोग र सहकार्य रहेको खेलाडीको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->