बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकीका शिक्षकलाई आर्युवेद र योग शिक्षा

शुक्लागण्डकीका शिक्षकलाई आर्युवेद र योग शिक्षा


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १६ २०७७, आइतबार

तनहुँ, १५ फागुन – शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आर्युवेद र योग शिक्षाबारे प्रशिक्षण प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका आर्युवेद शाखाको आयोजनामा यहाँका माध्यमिक तहसम्म पढाई हुने विद्यालयका शिक्षकलाई शनिबार प्रशिक्षण प्रदान गरिएको हो ।
शुक्लागण्डकीमा माध्यमिक तहसम्म पढाई हुने १६ सामुदायिक विद्यालय छन् । प्रत्येक विद्यालयका २ जना शिक्षकलाई बोलाएर प्रशिक्षण दिईएको थियो । सो अवसरमा बोल्दै डा. रामकृष्ण भुजेलले सिकेको ज्ञान विद्यार्थी समक्ष दान गर्न अनुरोध गरे । उनले विद्यालयले विद्यार्थीलाई स्थानिय स्तरमा पाईने जडीबुटी चिनाउन सकेमा मात्र पनि संरक्षण हुने बताए । हजारौँ विद्यार्थीसंग जोडिने भएकाले आर्युवेद र योग शिक्षाबारे शिक्षकलाई बुझाउनुपर्नेको उनको भनाई छ ।
शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिम्लसिनाले शिक्षकले सिकेको सिकाईले विद्यार्थीमा लाभ पुगे सार्थकता पाउने बताए ।
दिवस मावी उदेनढुंगाका साहयक प्रधानध्यापक डिल्लिराम घिमिरेले विद्यालय तहको पाठ्यक्रममा आर्युवेद र योग शिक्षा समावेश गर्नुपर्ने आवश्यकता औल्याए ।
तालबेसी मावी घारी तालबेसीकी शिक्षिका गोमादेवी शर्माले परापुर्व कालदेखी नेपाल तपोभुमीका ऋषिमुनीहरुले प्रतिपादन गरेको सिद्धान्तलाई अहिले अन्तराष्ट्रिय जगतले मान्यता दिन थालेको उल्लेख गरीन ।

डा. रामकृष्ण भुजेलले आर्युवेदको महत्व, रविचन्द्र लामीछानेले स्थानियस्तरमा पाईने आर्युवेदिक गुण भएका जडीबुटी, सेवन गर्ने तरिकार र शुक्लागण्डकी नगरपालिकाका आर्युवेदिक शाखाका प्रमुख गोपालप्रसाद श्रेष्ठले योगको बिषयमा सहजीकरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->