बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसओएसमा विद्यार्थी परिषद्को पदस्थापन

एसओएसमा विद्यार्थी परिषद्को पदस्थापन


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

पोखरा, २० फागुन– पोखरा १७ घारीपाटनमा रहेको एसओएस स्कुलमा बुधबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । बुधबार नै पदाधिकारीले सपथ ग्रहणसमेत लिएका छन् ।
कोभिड महामारीका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै पदस्थापन गरिएको विद्यालयका प्रिन्सिपल फुर्बु थिन्लेले जानकारी दिए ।
परिषद्को क्याप्टेनमा छात्रतर्फ कक्षा १० का तेन्जिन हिसे र छात्रतर्फ छोइङ साङ्मो लामा चयन हुन सफल भए । क्याप्टेनद्वयलाई प्राचार्य फुर्बु थिन्लेले सपथ ग्रहण गराउँदै एसओएसको गरिमालाई कायम राख्न आग्रह गरे । परिषद्ले विद्यार्थीको हितमा काम गर्न र पढाइसँगै सहक्रियाकलापलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने थिन्लेले बताए ।
विद्यालय प्रिफेक्ट्सका रुपमा छात्रबाट सोनाम टासी गुरुङ, कर्म खामसुङ गुरुङ, कर्मछिरिङ गुरुङ र कर्म सेराब चयन हुन सफल भए । छात्राहरुमा छेवाङ छोडन, ल्हामो छिरिङ, कुसाङ वाङ्मो र तेन्जिन छोजिन छनोट हुन सफल भए ।
विद्यार्थीहरुको मतदानबाट चयन भएको नेतृत्वले यो शैक्षिक सत्रमा विद्यालयभित्र गरिने शैक्षिक र सहक्रियाकलापका कार्यक्रममा अन्तरसदनात्मक प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने विद्यालयका कोअर्डिनेटर गोविन केसीले जनाए । निर्वाचित सबै क्याप्टेन तथा सदस्यलाई सम्मान स्वागत एवम् सपथग्रहण गराइएको कार्यक्रममा कक्षा मोनिटर स्वागतसहित होस्टेल प्रिफेक्ट छात्रछात्रालाई पनि सम्मान गरिएको शिक्षिका छिरीङ युडनले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->