शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ र स्याङ्जा ट्राफिक पुरस्कृत

बागलुङ र स्याङ्जा ट्राफिक पुरस्कृत


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ५ २०७७, बिहिबार

पोखरा, ५ चैत– गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने मातहत्का निकायहरुलाई पुरस्कृत गरेको छ । ४० बुँदे कार्यसम्पादन सम्झौता अनुसार उत्कृष्ट काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङजा पुरस्कृत भएका हुन् ।
पुरस्कृत जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमध्ये प्रथम हुने जिल्ला ट्राफिकका कार्यालय प्रमुख सहित निजले सिफारिस गरेका २ जना प्रहरी लाई नगद पुरस्कार र प्रशंसा पत्रसहित पुरस्कृत गरिएको छ भने द्वितीय हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख र निजले सिफारिस गरेका २ जना प्रहरी कर्मचारी पनि पुरस्कृत भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->