शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

स्वर्गिय खड्काको स्मृतिमा शोकसभा

स्वर्गिय खड्काको स्मृतिमा शोकसभा


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७७, शनिबार

बागलुङ, ७ चैत– तत्कालिन अञ्चल अदालत बार एसोसिएसनका अध्यक्ष डा. भूपेन्द्रबहादुर खड्काको स्मृतिमा शोक सभा सम्पन्न भएको छ । फागुन २६ गते खड्काको निधन भएको थियो ।
उच्च अदालत बागलुङ बार एसोसिएसन र लोकतान्त्रिक कानून व्यवसायीको संस्था डिएलएको संयुक्त आयोजनामा शोक सभा गरिएको हो । कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले स्वर्गिय खड्काले कानून व्यवसायको क्षेत्रमा खेलेको भूमिका धौलागिरी क्षेत्रमै उदाहरणीय भएको बताए । उनले निश्पक्ष, इमान्दारीता र पेशाको दुरुपयोग गरेर कुनै फाइदा नलिनेमा खड्का पर्ने बताए ।
कार्यक्रममा अधिवक्ता काजी गाउँले श्रेष्ठले खड्काको जीवनी बारे बताएका थिए । खड्का खान्दानी परिवारमा जन्मेपनि सामाजिक सेवामा बढी समय खर्चेको बताए । बागलुङमा जन्मेपनि खड्काले म्याग्दीमा पुगेर रेडक्रस, राजनीतिक क्षेत्र र कानून व्यवासयमा बढी समय बिताएका थिए । संविधानसभाका सदस्य समेत रहेका डा. खड्काले राजनीतिमा पनि इमान्दारीता प्रस्तुत गरेको सहकर्मीहरुले बताउने गर्छन् ।
उच्च अदालत बार एसोसिएसन बागलुङका उपाध्यक्ष बद्रीप्रसाद शर्माको अध्यक्षता, बारका सदस्य हरिप्रसाद गौतमको संचालनमा सम्पन्न कार्यक्रममा डिएलएका अध्यक्ष भूमिश्वर गौतम, पर्वत वारका उपाध्यक्ष हरिनारायण रेग्मी लगायतले स्वर्गिय खड्काको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->