नवलपुर, १५ चैत– नवलपुरका २ भिनदाभिन्दै स्थानमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ९ जना घाईते छन् । गएराती कावासोती १७ स्थित भित्री सडकखण्डमा र आज आईतवार बिहान हुप्सेकोट ४ स्थित पहाडी ग्रामीण बाटोमा दुर्घटना भएको हो ।
कोल्हुवा बाट गोछडा तर्फ आउदै गरेको ना ५ ख ५८५२ नंको बसमा सोही दिशाबाट आउदै गरेको लु ३८ प ६७९८ नंको मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकलमा सवार कावासोती–१७ का २१ वर्षीय देवेन्द्र महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले बताए । मोटरसाइकलमा सवार सोही स्थानका तेजनारायण महतो गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको चितवनको एक अस्पतालमा उपचार चलिरहेको छ ।
यस्तै, हुप्सेकोट गा.पा.–४ तारेघाट स्थित कच्ची सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादैँ गरेको लु १ ज ३८६४ नं.को बलेरो गाडी आफैँ अनियन्त्रित भई पल्टँदा ८ जना घाईते भएका छन् । घाईते हुनेहरुमा हुप्सेकोट गा.पा.–२ का २६ कर्षीय रेशम सुनारी, बर्ष ३३ कि निरमाया राना, बर्ष १० कि प्रमिसा सारु, बर्ष ३८ को यमबहादुर सारु मगर, बर्ष २६ कि सुमित्रा सारु, बर्ष १४ कि लक्ष्मी सारु, हुप्सेकोट १ बस्ने बर्ष ३२ कि तिलमाया सारु र .चितवन भरतपुर .महानगरपालिका .–४ बस्ने बर्ष ४३ कि चिनमाया मगर छन् ।
घाइते सबैजनाको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाईतेको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको र चालकको उपचार चलिरहेको प्रहरीले जनाएको छ ।





