बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीको कान्छो जिल्ला नवलपुरमा आज होली

गण्डकीको कान्छो जिल्ला नवलपुरमा आज होली


  • खगेन्द्र पराजुली
  • चैत्र १६ २०७७, सोमबार

नवलपुर, १६ चैत– गण्डकीका धेरै जिल्लामा आइतबार नै होली मनाइयो । प्रशासनले कडाइ गरेकाले होली अघिल्ला वर्षकोजस्तो रहेन । तर, प्रशासनको उर्दीले होलीको उमंग रोक्न सकेन । गण्डकीको कान्छो जिल्ला नवलपुरमा भने सोमबार होली मनाइँदै छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये तराइ, भित्री मधेश र पहाडी क्षेत्रमा फैलिएको नवलपुरबाहेकका १० जिल्लामा आईतवार फागु पर्वको बिदा थियो । नवलपुरमा सोमवार होली पर्व बिदा परेको छ । तर, नवलपुरका पहाडी क्षेत्रमा भने परम्परादेखि मनाउँदै आएकाले आइतबार नै फागुपर्व मनाएका छन् ।
नवलपुरमा कोभिडको कारण देखाउँदै होली लक्षित आह्वान गरिएका कार्यक्रमहरु प्रशासनको विज्ञप्तिसँगै स्थगित भएका छन् । तर, प्रशासनको सूचनालाई लत्याएर स्थानीय सरकारकै कार्ययोजना भन्दै होली विशेष खेलकुद, गोष्ठी, सेमिनार, अन्तरक्रिया, तालिम, प्रशिक्षण, राजनैतिक भेला, बैठकलगायतका सामुहिक उपस्थितिका कार्यक्रमहरु चलिरहेका छन् ।
यस्तै स्थानीय तह लगायत जिल्लामा रहेका संघ, प्रदेश लगायतका सरकारी कार्यालयहरु सहित बैंक बित्तीय संस्थामा सेवाग्राहीको भीडले झनै असुरक्षा निम्त्याएको छ । कोभिडका नाममा सरकारले देखाएको दोहोरो चरित्र नीतिलाई मौलिक धर्म र संस्कृति संरक्षकहरुले गैरजिम्मेवारी र विभेदपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले नवलपुरले प्रशासनले आग्रह गरेको सूचनाकै आधारमा रहेर हुल, भीडभाड, अभद्र ब्यवहार लगायतका गतिबिधि गरेको पाईएमा सोही अनुसार कारबाही गरिने गरि तयारीमा रहेको जनाएको छ ।
प्रहरी प्रमुख प्रकाश मल्लले ठूला–ठूला डिजे, साउण्ड सिष्टमसहित मानिसहरुको अब्यवस्थित भीडभाड जम्मा गरेर होली उत्सव नमनाउन आग्रह गरे । उनले पारिवारिक रुपमा पर्व मनाउन नरोकिएको तर उत्सवकै रुपमा भीडभाडको परिस्थिति भएमा एक्सनमा उत्रिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->