काठमाण्डौ, २० चैत–राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन् ।
उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति छ ।
मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो । भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गरिएको हो ।
हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी वितरण गरिँदै छ । अनामनगरको ८०० घरमा भने २४सै घण्टा पानी वितरण भइरहेको छ। आज बिहानदेखि बालाजु‚ सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ ।





