बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ र पर्वतसहित बाह्र जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु

बागलुङ र पर्वतसहित बाह्र जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७७, शुक्रबार
फाईल तस्विर

बागलुङ, २० चैत– सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरेको छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान प्रभावकारी हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिममा रहेका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि आजदेखि खुवाइँदै छ ।
चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले हात्तीपाइले जोखिम रहेका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइँदै गरेको बताए ।

औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । दश दिनसम्म स्वास्थ्यकर्मी स्थानीयवासीको घरघरमा पुगेर औषधि खुवाउने उहाँले जानकारी दिए । उनले निर्धक्क भएर औषधि खान सबैलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->