नवलपुर, २१ चैत– एक लाख रुपैयाँ भन्दा बढी नगदसहित दश जना जुवाडेलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका– नयाँ बजारबाट प्रहरीले १ लाख १४ हजार ७ सय रुपैयाँसहित दश जनालाई पक्राउ गरेको हो । स्थानीय हरि भुजेलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी जुवा मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गैडाकोट–५ का ५५ बर्षिय गौरीशंकर प्रधान, ४२ बर्षिय हिराबहादुर थापा, वडा नं. १ का ५० बर्षिय जगत बानिँया, ३४ बर्षिय सन्तोष अधिकारी, वडा नं. २ का ४६ बर्षीय मिलन रेग्मी, ५७ बर्षिय गोपाल गिरी, ५१ बर्षीय टेकनारायण सापकोटा, .वडा नं.४ का ३३ बर्षिय श्याम मर्स्याङ्गी मगर, ४१ बर्षिय दिनेश पुन मगर र बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ७ का २८ बर्षीय बमबहादुर थापा छन् ।





