पोखरा, ७ वैशाख– वैदेशिक रोजगारमा जानेहरुको नक्कली पिसिआर रिपोर्ट बनाउने काठमाण्डौको सिनामंगल स्थित सुरिया हेल्थ केयर तथा मेरिट मल्टी मेडिकलका प्रालिका संचालक सहित कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशीक रोजगारीका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट बनाउदै आएका ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । सुरिया केयरका संचालक डा. सि.पी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका संचालक चित्र बहादुर भनिने प्रकाश रायमाझी सहित प्रमोद कुमार यादव,प्रदीपकुमार गिरी,अमन कुमार यादव, वजेश पोख्रेल,बादल मिरिङ छिङ, सरोज क्षेत्री र डा. खेलानन्द प्रसाद सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली रिपोर्ट बनाउँदै मोटो रकम लिदैँ आएका उनीहरुलाई विशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रति व्यक्ति ९ हजार रुपैँया लिदै स्वाव परिक्षणनै नगरी रिपोर्ट बनाउँदै गर्दा नक्कली रिपोर्ट सहित पक्राउ गरिएको हो । उक्त प्रालिबाट ४ थान पिसिआर परीक्षण नेगेटिभ भनि उल्लेख गरिएको रिपोर्ट सहित कम्प्युर तथा उपकरणहरु समेत बरामद गरिएको छ । उनीहरुले २ घण्टामा नै रिपोर्ट तयार गर्दै आइरहेको भेटिएको छ । प्रालिका एजेन्टहरले सेवाग्राहीसं शुल्क लिदै रिपोर्ट दिदैँ आएका थिए । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधि सहित सुरिया हेल्थ केयर प्रालिलाई बन्द गरिएको छ ।





