आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेल संस्थामा कार्यकर्ता, खेलकर्मी बाहिर

खेल संस्थामा कार्यकर्ता, खेलकर्मी बाहिर


  • विजय नेपाली
  • बैशाख १० २०७८, शुक्रबार

पोखरा, १० वैशाख– गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विधेयक ल्याएसंगै खेलकुदमै समर्पित भएका खेलकर्मीहरुमा छुट्टै खुसी ल्याएको थियो । विधेयकले खेलकुदको वेथिति हटाउने र खेलसहित खेलाडी तथा खेल संघलाई न्याय दिने आशा गरिएको थियो । तर, प्रदेश सरकारका पछिल्ला निर्णयले खेलाडीको मनोभावनामाथि चिसोपानी खन्याइदिएको छ ।
प्रदेशले हालैमात्र गण्डकी प्रदेश खेलकु्द परिषद् र जिल्लालाई समेत पूर्णता दियो । मनोनयनमा खेलमै रमाएका चन्द्र गुरुङ, ऋषिसरा थापा, कृष्ण थापा, आनन्द रञ्जित, अनिल गुरुङ, दिपक गोदारजस्ता अब्बल खेलाडी अटाएनन् । जिल्ला खेल संघ र परिषद्मा सदस्यहरु मनोनित गर्दा खेलकुदमै जीवन समर्पित गरेकाहरुलाई पाखा पारिएपछि खेलकुदमै जीवन बिताउनेहरु निराश बने । दुबै ठाउँमा खेलाडीभन्दा राजनीतिक आस्था राख्नेहरु नियुक्त गरियो ।
खेलकुदको नियमनकारी संस्थामा आसेपासे नियुक्त गरिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले आफुलाई नेताहरुले ‘भक्ुण्डो’ बनाएको भन्दै सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जाहेर गरे । उनले लेखेका छन्,‘मलाइ नेताहरुले भकुण्डो पो बनाए । १९८४ मा साफ गेम नेपालले जितेको र यसले खेलको (कृष्ण थापासमेत खेलेको खेल) भन्ने थाहा हुँदाहुँदै मलाई जगत कमरेड( पूर्वखेलकुदमन्त्री )जगत विश्वकर्माले एक किक हानेर प्रदेशमा पु¥याउनु भयो, प्रदेशले पनि एक किक हानेर एन्फामा पु¥यायो, धन्ने छ कमरेडहरु..।’ यस्तै एशियन भलिबल अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापा मगरले पनि मनोनयनमा असन्तुष्टि जनाएका छन् । नेपालको प्रतिनिधित्व गर्दै खेलाडीदेखि अफिसियल सम्म बनेका थापा नेपालबाट एक मात्रै भलिबलका अन्तर्राष्ट्रिय रेफ्री हुन । उनले प्रदेश र जिल्ला कमिटी गठन गर्दा पार्टी र आस्था हेरिएको आरोप लगाए । खेलकुदमा जीवन समर्पित गरेका खेलकर्मी अहिले पनि स्वयम्सेवकको रुपमा प्रशिक्षकको भूमिकामा रहँदा निराशा बढेको उनको भनाईले पुष्टि गर्छ । ‘हामी नै परिषद् वा जिल्लामा हुनुपर्छ भन्ने होइन । जो आएपनि खेलकुद बुझेको आउनुपर्ने हो त्यसो भएन’, उनले भने, नित्तान्त खेलकुद विकासको लागि खेलकुमदमै लागेका खोइ ? उनले खेलकुद क्षेत्रलाई अमूक राजनीतिक दलको भातृसंगठन बनाउँदा खेलकुद क्षेत्रले ठूलो क्षति व्यहोर्ने अनुमान लगाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->