बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एमालेमा ‌ओलीको नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूहलाई राखिएन, महिला शून्य

एमालेमा ‌ओलीको नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूहलाई राखिएन, महिला शून्य

कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७८, शुक्रबार

काठमाडौं, १० वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन ।
स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् । एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।
स्थायी कमिटीमा महिला शून्य
प्रधानमन्त्री समेत रहेका ओलीको अध्यक्षतामा आज बसेको सो बैठकले गठन गरेको स्थायी समितिमा महिलाको संख्या शून्य छ। यसअघि एमालेको स्थायी समितिमा अष्टलक्ष्मी शाक्य मात्र थिइन्। उनी महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष समेत हुन्। उनलाई पनि आजको बैठकले हटाएपछि अब एमाले स्थायी समितिमा महिलाको संख्या शून्य भएको हो। कानूनअनुसार पार्टीका समितिहरुमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रुपमा राख्नुपर्छ।
कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय
नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो । निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।
राष्ट्रियसभा उपचुनावमा बादल नै उम्मेदवार
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने समेत बताए । ‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौं । राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो’, ओलीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->