बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङ मोटरसाईकल दुर्घटनामा घाइते शिक्षक पौडेलको हवाई उद्धार

बरेङ मोटरसाईकल दुर्घटनामा घाइते शिक्षक पौडेलको हवाई उद्धार


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७८, शनिबार

बागलुङ, १८ बैशाख – जिल्लाकोे बरेङ गाउँपालिका–१ सिलामारीमा शनिवार दिउँसो मोटरसाईकल दुर्घटनामा परेका शिक्षक विष्णु पौडेलको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुर्घटना हुँदा शिक्षक पौडेल गम्भिर घाईते भएका थिए ।
धुल्लुबास्कोटबाट बरेङ आउने क्रममा बरेङ गाउँपालिका–१ सिलामारी ध. १ प. ३६३२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सर्वोदय माध्यामिक विद्यालयका २५ वर्षीय शिक्षक पौडेल घाइते भएका हुन् ।
घाइते पौडेलको बायाँ हातको बुढीऔला काटिएको र शरिरको भित्रिभागमा समेत चोट लागेकाले सामान्य उपचारपछि काठमाण्डौ पठाइएको हो । उनलाई प्रभु एयरको हेलिकप्टर मार्फत काठमाण्डौको बीएण्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->