
कतार, २० वैशाख – नेकपा एमालेको माधव नेपाल समुहले प्रवास पनि आफ्ना कमिटी विस्तार अभियान सञ्चालन गरेको छ । प्रवासका विभिन्न ठाउमा समानान्तर पार्टी कमिटी निर्माण गरेको सो समुहले जनाएको छ । यसैसन्दर्भमा नेपालका बिभिन्न ठॅाउबाट कतारमा आई रोजगारी तथा ब्यबसाय गरी बस्दै आएका प्रगतिशिल, जनवादी तथा बामपन्थि बिचारधाराका पक्षपोषकहरुको साझा संगठन प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चितवनका रामहरी गैरे निर्बाचित भएका छन् ।
नेकपा (एमाले) प्रबास पार्टी कमिटि संयोजक तथा केन्द्रिय सदस्य श्रीप्रशाद शाहको अध्यक्षता, बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यता र उपमहासचिब घनश्याम भुषालको विशेष आतिथ्यतामा शुक्रवार सम्पन्न मध्यपुर्बका देशहरुमा रहेका नेपालीहरुको संयुक्त अनलाईन जुम भेलाबाट मध्यपुर्बका अन्य देशहरुको साथै कतारस्थित प्रबासी नेपाली मञ्च कतारको नेकपा एमालेको खनाल नेपाल पक्षको आधिकारिक कमिटी घोषणा गरिएको हो ।
४३ सदस्यीय उक्त कमिटीको महासचिवमा म्याग्दीका थम कुमार गिरी चयन भएका छन् । कमिटीका पदाधिकारीमा उपाध्यक्षहरु रामसागर मेहेता, सजनी कार्की, मेहेताव आलम, नन्द ढुंगाना, नारायण ढुंगाना, गणेश प्रसाद ढकाल, खडक वहादुर खत्री र भाइकाजी गुरुङ रहेका छन् । सचिवमा ज्वाला शाही र वसन्त विक, कोषाध्यक्षमा सन्तोष रेग्मी तथा सदस्यहरुमा सनहर जहान, दिपक कार्की, अमित लम्साल, प्रदिप कुमार राई, तोयानाथ पौडेल, पवन अर्याल, सुरज वुढाथोकी, मोतिलाल क्षेत्री, रामचन्द्र गिरी, रुक वहादुर रानाभाट, सफिउर रहमान मुसलमान, अब्दुल खान, पदम वहादुर रानाभाट रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा विनोद कटुवाल, सलाउद्धिन मुसलमान, महावुल मालिक, शेख जुकुल्ला, अरिक हुसेन, जिविलला अन्सारी, कमल असरफ, पुण्यप्रसाद विमली, अब्दुल रजिक, मदन गिरी, हेम आले, अलाउद्धिन मुसलमान, अम्जाद अन्सारी, मोहम्मद हारुन जोला, नविन शाह, रघुनाथ शर्मा र थमनारायण रेग्मी रहेका छन् ।





