शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा थपिए नयाँ ६८ जना कोरोना संक्रमित

बागलुङमा थपिए नयाँ ६८ जना कोरोना संक्रमित

योसंगै गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ३३२ पुगेको छ । 


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७८, सोमबार
तस्बिरः सटरस्टक ।

बागलुङ, २० वैशाख – जिल्लामा सोमवार ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाका ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोना संक्रमण पुष्टी हुने सबैभन्दा धेरै ५२ जना बागलुङ नगरपालिकाका छन् । ताराखोला गाउँपालिकाका ८, बरेङ गाउँपालिकाका १, गलकोट नगरपालिकाका १, जैमिनी र निसिखोला गाउँपालिकामा १/१ जना र काठेखोला गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टी भएको छ ।
धौलागिरी अस्पतालमा गरिएको परिक्षणमा पवर्त कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ३३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->