बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिम प्रमुखमा यादव नियुक्त

गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिम प्रमुखमा यादव नियुक्त

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । यादव राप्रपा नेपालबाट उपसभामुख बनेका थिए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७८, सोमबार

पोखरा, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव सोमबार प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेश प्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष हुन।

यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । उनी २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए। यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने थिएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->