बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री, को को छन् बैठकमा ?

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री, को को छन् बैठकमा ?


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७८, बुधबार

काठमाडौं, २२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ । देउवानिवासमा जारी भेटवार्तामा प्रधानमन्त्री ओलीसंग एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

त्यस्तै कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला सहभागि रहेका छन् । भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसदको विशेष अधिवेशन, राष्ट्रिय सभा उप निर्वाचन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->