शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा एकैदिन ३ संक्रमितको मृत्यु

नवलपुरमा एकैदिन ३ संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७८, शुक्रबार
धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव वाहिर निकाल्दै स्वास्थ्यकर्मी । तस्वीर: ढोरपाटन ।
नवलपुर, २४ बैशाख – नवलपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. २ का ६३ बर्षका पुरुष, कावासोती- ८ की ५२ बर्षकी महिला र मध्यबिन्दु नगरपालिका वडा नं. १२ का ७० बर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । योसँगै ०७८ बैशाख यता कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा १० पुगेको छ भने अहिलेसम्म ४२ जनाको मृत्यु भईसकेको छ । हिजो पनि नवलपुरको गैंडाकोट र कावासोतीका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । २ दिनमा ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->