बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार

काठमाडौं, २५ वैशाख – नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।

बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->