बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीमा सक्रमितको संख्या २२ हजार नाघ्यो

गण्डकीमा सक्रमितको संख्या २२ हजार नाघ्यो

पछिल्लो २४ घण्टाको तथ्याङ्क हेर्दा ५०१ जनाको परिक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको छ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार

पोखरा,२५ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । आज सम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या २२ हजार ५ सय ३० पुगेको हो । जसमध्ये १७ हजार ५ सय ५१ संक्रमित निको भइसकेका छन भने ४ हजार ७ सय २८ सक्रिय केश रहेका छन् । गण्डकीमा शनिवारसम्म २ सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क हेर्दा ५०१ जनाको परिक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार १६३ जना निको भएका छन् । गण्डकीमा ४ हजार ५ सय ९७ जना होम आइसोलेसनमा रहेका छन् ।
गण्डकी प्रदेशको जिल्लागत तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढि कास्की जिल्लामा संक्रमित देखिएका छन् । कास्की जिल्ला अवस्थित प्रदेशकै राजधानी पोखरामा सबैभन्दा बढि संक्रमण देखिएको हो । कास्कीमा पछिल्लो २४ घण्टामा १६१ जनामा संक्रमण देखिएको संगै संक्रमितको संख्या ११ हजार ९ सय ७६ पुगेको हो । जसमा ९ हजार ६३ निको भएका छन भने २ हजार ७ सय ७४ अझै सक्रिय केश रहेका छन् । १३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->