शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा एकै दिन १२ संक्रमितको मृत्यु

गण्डकीमा एकै दिन १२ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस उच्चतम विन्दुमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७८, आइतबार

पोखरा,२६ वैशाख – गण्डकी प्रदेशमा कोरोना भाइरस उच्चतम विन्दुमा अघि बढ्न थालेको छ । हालसम्म संक्रमितको संख्यामात्रै बढिरहेको गण्डकीमा आइतबार एकै दिन १२ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेसंगै हरेक दिन कोभिडबाट मृत्यु हुनेको संख्या बढेको हो । पछिल्लो एक हप्तामा गण्डकीमा कोभिडबाट ३९ जनाको मृत्यु भइ सकेको छ । मृत्यु हुनेमा सबैभन्दा बढि पोखराका रहेका छन् । गण्डकीमा हालसम्म कोभिडका कारण २ सय ६३ जनाको मृत्यु भइसेकेको छ । गण्डकी प्रदेशमा आज (आइतवार ) मात्रै ६ सय ८३ संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढि कास्कीमा देखिएको छ । कास्कीमा एकैदिन ४ सय ३० जनामा संक्रमण पुष्टि देखियो, वाग्लुङमा २१, गोर्खामा १ सय ४, तनहुँमा ६८, स्याङ्जामा २६, पर्वतमा २२, म्याग्दीमा १०, मुस्ताङमा १ र नवलपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->