बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

प्रधानमन्त्री ओलीको सांसदहरुलाई धम्कीपूर्ण आग्रह, ‘सामूहिक राजीनामा अपराध हो’ (विज्ञप्तिको पूर्णपाठ सहित)

प्रधानमन्त्री ओलीको सांसदहरुलाई धम्कीपूर्ण आग्रह, ‘सामूहिक राजीनामा अपराध हो’ (विज्ञप्तिको पूर्णपाठ सहित)


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७८, आइतबार
PM of Nepal KP Sharma Oli Rajan Kafle Photography

काठमाडौं, २६ वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्कीपूर्ण विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिनू अपराध हुने भएकोले यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई  जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् । ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->