बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २७ २०७८, सोमबार

पोखरा, २७ वैशाख – कोभिड-१९ महामारीले यस वर्ष हुने माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले तत्कालका लागि पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

‘कोभिडले गर्दा यसअघि तोकिएको समयमा परीक्षा गर्न नसकिने भएपछि स्थगित गरेका हौँ’, बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको हो । परीक्षा नहुने भन्ने होइन ।’

एसइइ परीक्षा आउँदो जेठ १३ गतेदेखि तथा कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन गर्ने बोर्डको तयारी थियो । अब दुवै परीक्षा तोकिएको समयमा नहुने भएका छन् । गएको वर्ष कोभिडले गर्दा एसईई परीक्षा स्थगित भएर आन्तरिक मूल्यांकन पद्धतिबाट नतिजा सार्वजनिक भएको थियो ।

तर कक्षा ११ र १२ को परीक्षा भने अनुकुल सेन्टर पारेर सञ्चालन भएको थियो । तर यस वर्ष दोस्रो लहरको कोभिडले गर्दा अवस्था जटिल भएकाले दुवै परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट निकाल्नुपर्ने बाध्यता आउन सक्ने बोर्डका पदाधिकारीको आँकलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->