बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माधव-झलनाथ समूहले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

माधव-झलनाथ समूहले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार

काठमाडौं, २७ वैशाख – नेकपा एमालेको माधवकुमार नेपाल – झलनाथ खनाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने । सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->