बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

आजको परिणाम ओलीको अपराधपूर्ण बाटोको नतिजा : माधव नेपाल (पूर्णपाठ सहित )

आजको परिणाम ओलीको अपराधपूर्ण बाटोको नतिजा : माधव नेपाल (पूर्णपाठ सहित )


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार

काठमाडौं, २२ वैशाख – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु निष्ठाको द्योतक भएको चित्रण गरेका छन् । नेता नेपालसहित २८ सांसदहरूले आज पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएनन् । लगत्तै उनले विज्ञप्ति प्रकाशित गरेर प्रष्ट पारेका हुन् ।

“पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो । उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं । यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो । प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी ओलीलाई हामी फेरी पनि देश, जनता र पार्टी प्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्छौं,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले पार्टी विभाजनको आपराधिक बाटो अँगालेको पनि बताएका छन् । उनले भनेका छन्, “२०७७ साल फागुन २८ गते आफ्ना गुटका केही सदस्यहरूको भेला गर्नुभयो । त्यो गुटको भेलालाई बैठक भन्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरी स्वेच्छाचारी किसिमले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको घोषणा गर्नुभयो । त्यसमा मनोमानी किसिमले आफ्ना पिछलग्गुहरुको मनोनयन गर्नुभयो । हामी लगायतका केन्द्रीय कमिटीका सदस्यहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । यसरी केपी ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो समात्नुभयो ।”

विज्ञप्तिको पूर्णपाठ :



प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->