बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पार्टी पछाडि फर्कँदैन, सुकेका पात झर्छन्, चिन्ता नगरौं: सूर्य थापा

पार्टी पछाडि फर्कँदैन, सुकेका पात झर्छन्, चिन्ता नगरौं: सूर्य थापा


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार
पोखरा, २८ वैशाख – नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरु माधव–झलनाथज समूहप्रति अझ आक्रामक बन्ने संकेत देखिन थालेका छन् । प्रधानमन्त्रीका विश्वासपात्र प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् सो संकेत गरेका हुन् ।
उनले विश्वासको मत दिनेबेला सदनमा अनुपस्थित भएपछि चिढिएका उनीहरुले माधव–झलनाथको माग बमोजिम पार्टी २०७५ जेठ २ मा फर्कनै नहुने जिकिर गरेका छन् । उनले अब रुखबाट २–४ पात झरेर गएपनि केही फरक नपर्ने बताउँदै माधव–झलनाथलाई पार्टीबाट निकाल्नुपर्ने मत जाहेर गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्,‘ पार्टी २०७५ जेठ २मा फर्किनु हुँदैन, २०७८जेठ २ तर्फ अघि बढ्नुपर्छ । आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्ष्यम्य हुनसक्दैन । नेता जन्माउने–बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौ। सुकेका पात झर्छन चिन्ता नगरौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->