पोखरा, २८ वैशाख – पोखराका पर्यटनकर्मी कृष्ण आचार्यको निधन भएको छ । फिस्टेल हस्पिटलमा उपचार गराईरहेका आचार्यको कोरोना संक्रमणबाट सोमवार साँझ निधन भएको परिवारले जनाएको छ ।
यसभन्दा अगाडि उनी चरक मेमोरियल हस्पिटलमा उपचार गराएर घर फर्केका थिए । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई फिस्टेल हस्पिटलमा भर्नाँ गरिएको थियो ।
आचार्य लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्टमा रेसिडेन्ट म्यानेजर थिए । यसभन्दा अगाडि उनले फुुलवारी रिसोर्ट पोखरा ग्रान्डमा काम गरेका थिए ।




