पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्नेगरी हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । मंगलवार दिउसो भएको विपक्ष गठवन्धनको वैठकमा थापाले हस्त्ताक्षर गर्न अस्विकार गरेको माओवादी केन्द्रका नेता दिपक कोइरालाले वताए ।
थापा जनमोर्चा संसदीय दलका नेता हुन् । जनमोर्चाका सचेतक पियारी थापाले भने गठवन्धनमा हस्त्ताक्षर गर्न ह्विप नै जारी गरेकी छिन् । सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दलहरुलाई दिएको समय आज राती सकिदैछ ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् । जनमोर्चाका ३ सांसद छन् । जनमोर्चाका ३ सांसदको हस्ताक्षर नभए वहुमत पुग्दैन् ।