बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

ओली र नेपाल सहमति नजिक, राजीनामा टर्‍यो, कार्यदल बन्ने

ओली र नेपाल सहमति नजिक, राजीनामा टर्‍यो, कार्यदल बन्ने

ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि तत्कालका लागि एमाले विवाद टुंगिएको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७८, बिहिबार
तस्वीर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसवुकबाट ।

काठमाडौं, ३० वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।

दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा  नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुले  राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो ।’

‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो । फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका छौँ’, नेपालले भने ।

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि तत्कालका लागि एमाले विवाद टुंगिएको हो । योसँगै सत्तासमीकरणको नयाँ कोर्ष पनि शुरु हुने भएको छ ।

प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->