बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बहुमत सरकारको समय सकियो, ओली राति नै प्रधानमन्त्री बन्दै

बहुमत सरकारको समय सकियो, ओली राति नै प्रधानमन्त्री बन्दै

राष्ट्रपति कार्यालयले भन्यो : बहुमतको सरकारका लागि दावी परेन


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७८, बिहिबार

पोखरा, ३० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतका सरकार निर्माणका लागि दिएको समय सकिएको छ। राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।

बहुमतको सरकार गठन गर्ने समय सकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्दै छन्। उनले एक महिनाभित्र संसदमा बहुमत सावित गर्नुपर्ने छ।

प्रतिनिधिसभामा १ सय २१ सिट रहेका एमाले सबैभन्दा ठूलो दल हो। राष्ट्रपति भण्डारीले ओलीलाई बिहीबार राति नै प्रधानमन्त्रीमा नियुक्त गर्ने जनाएका छन्। उनले शुक्रबार सपथ गर्ने र मन्त्रीहरु नियुक्त गर्ने छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->