बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नेकपा एमालेका दुई पक्षबीचको छलफल सकियो, कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई

नेकपा एमालेका दुई पक्षबीचको छलफल सकियो, कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई

अध्यक्ष ओली एमालेलाई नेपाल समूहको मागअनुसार जेठ २ को अवस्थामा फर्काउन तयार भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौं, ३१ वैशाख – नेकपा एमालेका शीर्ष नेताहरुबीचको वार्ता भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच लामो समयदेखि देखिएको विवाद अन्त्यको प्रयासस्वरुप दुईपक्षबीच छलफल भएको थियो ।

करिब पौने ३ घण्टा चलेको वार्तामा पार्टीलाई एकतावद्ध बनाउने विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।  माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी गराए ।


‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली एमालेलाई नेपाल समूहको मागअनुसार जेठ २ को अवस्था (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्काउन तयार भएका छन् ।

वार्तामा नेपाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए । त्यस्तै ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->