पोखरा १ जेठ– कोरोनाको दोस्रो भेरियन्ट देखिएसंगै पोखरामा थप कडाइका साथ निषेधाज्ञा थप गरिएको छ । वैशाख अन्तिमसम्म निषेधाज्ञा गरिएपनि कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण निषेधाज्ञा थप गरिएको थियो ।
आज विहान ५ बजे देखि ७ गते राती १२ बजेसम्म लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञासंगै प्रहरी तथा ट्राफिक प्रहरीले विहानै देखि कडाई गरेको हो ।
निषेधाज्ञा थप गरिएको पहिलो दिन भएकाले दुई घण्टा राखेर कोरोना सम्बन्धि जानकारी दिदैँ छाडिएको छ । प्रहरीले विहानै देखि पैदल यात्री र साईकल समेत नियन्त्रणमा राखेको थियो ।





