सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कांग्रेसले एम्बुलेन्स चलायो

कांग्रेसले एम्बुलेन्स चलायो


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २ २०७८, आइतबार

पोखरा, २ जेठ– नेपाली कांग्रेस कास्कीले शनिबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
‘संक्रमितका लागि नै एम्बुलेन्स सेवा हो’,सभापति केसीले भने, समस्यामा परेकाको सहयोगमा जुट्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु ।’पोखराको चाउथेबाट शनिवार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलकी प्रबन्ध निर्देशक एवं नेपाली कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि २ वटा फोर्स गाडी उपलब्ध गराएकी हुन् ।
एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय सकिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->