बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

जेठ २ मा फर्किन एमालेमा पाँच/पाँच सदस्य कार्यदल बन्यो

जेठ २ मा फर्किन एमालेमा पाँच/पाँच सदस्य कार्यदल बन्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७८, आइतबार

काठमाडौं, २ जेठ – सत्तारूढ नेकपा एमालेले २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनाएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको हो ।

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->