पोखरा, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट दर्ता भएका छन् । प्रधानमन्त्रीले लिएको पद तथा गोपनियताको शपथ बदर माग गर्दै रिट दर्ता गराएका हुन । अधिवक्ता लोकेन्द्र वली र चन्द्रकान्त ज्ञवाली, सन्तोष भण्डारी, राजकुमार सुवाल र नवराज अधिकारीले सर्वोच्च अदालतमा छुट्टाछट्टै रिट दर्ता गराएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गर्ने क्रममा ‘ मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु की’ भन्दा यो प्रतिज्ञा गर्छु की भन्ने वाक्य छुटाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः दोहो¥याउदै ग्रहण गराउने क्रममा ओलीले त्यो पर्दैन भन्दै अघि बढेका थिए ।





