शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७८, सोमबार

पोखरा, ३ जेठ– गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ ।
निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ९, स्याङजाका ५, पर्वतका ३, तनहुँका २, नवलपरासी, बागल्ुङ, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका एक–एक जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७ पुगेको डा शर्माले जानकारी दिए । पछिल्लो ३ दिनयतामात्रै गण्डकीमा गण्डकीमा कोरोनाबाट ६६ जना संक्रमितको ज्यान गइसकेको छ । आइतबार कोरोनाबाट हालसम्मकै बढी २८ जनाको मृत्यु भएको थियो ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्दा कास्कीकामात्रै २ सय नाघेको छ । डा शर्माका अनुसार कास्काकामात्रै हालसम्म २ सय ९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
प्रदेशमा सोमबार ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ९२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->