बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान

एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७८, मंगलबार

काठमाडौं, ४ जेठ – पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको छ ।

आजको वार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

सिंहदरबारमा भएको दुवै पक्षको कार्यदलको वार्तामा पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको उनले बताए ।

‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ,‘ रावलले भने ।

आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुन: भोलिका लागि तय गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->