बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङ भूकम्प अपडेट : १२ घरमा क्षति, दोस्रो धक्का महशुस

लमजुङ भूकम्प अपडेट : १२ घरमा क्षति, दोस्रो धक्का महशुस

भुलभुलेमा फेरि गयो भूकम्प, ५.३ म्याग्‍नेच्युट मापन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

पोखरा, ५ जेठ– लमजुङमा भूकम्प जाँदा १२ वटा घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी गंगा थापाकाका अनुसार भुकम्पबाट अहिलेसम्म ४ जना घाइते भएको खुलेको छ ।
डिएसपी थापाका अनुसार घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे छन् । ‘बाँकी २ जनाको भने परिचय खुलेको छैन’ उनले भने, ‘यो प्रारम्भिक जानकारीमात्रै हो क्षति अझै बढ्न सक्छ ।’
लमजुङको मर्स्यांदी गाउँपालिका केन्द्र बनाएर बुधबार बिहान ५.८ रेक्टर स्केलको भुकम्प गएको थियो ।

भुलभुलेमा फेरि गयो भूकम्प, ५.३ म्याग्‍नेच्युट मापन

लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।

बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->