बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङ भुकम्प अपडेट : २७ घरमा क्षति, ६ घाइते एकजनालाई चितवन पठाईयो

लमजुङ भुकम्प अपडेट : २७ घरमा क्षति, ६ घाइते एकजनालाई चितवन पठाईयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार
तस्वीर: भूकम्पबाट घाईते स्थानीय महिला ।

पोखरा, ५ जेठ– बुधबार बिहान लमजुङ मस्र्यांदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् ।
डिएसपी थापाका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लािग चितवन पठाइएको छ । ‘एक जनाको टाउकोमा चोट लागेको छ । त्यसैले थप उपचारका लागि चितवन पठाइएको छ,’ उनले भने ।
डिएसपी थापाले भुकम्पको क्षतिबारे थप विवरण आउन अझै बाँकी छ । ‘अहिले सबै निकायलाई खबर गरेर हाम्रा जवानहरु खटाएका छौं । क्षति विवरण आउन अझै बाँकी छ,’ उनले भने । लमजुङ केन्द्रविन्दु बनाएर बुधबार बिहानमात्र २ पटक भुकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->