पोखरा, ५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेर ६ सदस्यीय बनाएका छन् । पुराना मन्त्रीहरुलाई पुरानै जिम्मेवारी दिएर मन्त्रीपरिषद विस्तार गरेको सचिवालयले जनाएको छ ।
अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ भएका छन् । २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै उनीहरुकाे पद खुस्केकाे थियाे ।
नवनियुक्त मन्त्रीहरुले आजै ३ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुख सिता कुमारी पौडेलको निवासमा दिउसो ३ बजे सपथ ग्रहण समारोहको आयोजना गरिएको छ प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
गण्डकीमा प्रदेशमा मन्त्रालय थपिने भएका छन् । सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका मुख्यमन्त्री गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् ।





