बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बादललाई एकै दिन दुई झट्का, पुनः मन्त्री बन्ने सम्भावना समाप्त !

बादललाई एकै दिन दुई झट्का, पुनः मन्त्री बन्ने सम्भावना समाप्त !


  • ढोरपाटन संबाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

पोखरा, ६ जेठ – नेकपा एमालेका स्थायी कमिटी सदस्य राम बहादुर थापा बादल उपनिर्वाचनमार्फत पुनः मन्त्री बन्ने सम्भावना समाप्त भएको छ ।

विहीबार सर्वोच्च अदालतको फैसलासँगै गृहमन्त्रीबाट पदमुक्त भएका बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा पराजय व्यहोरेपछि मन्त्री बन्ने विकल्प समाप्त भएको हो ।

सर्वोच्चको फैसलाले गैरसांसद मन्त्रीको नियुक्त बदर गर्नु भनेपछि गृहमन्त्री बादल स्वतः पदमुक्त भएका थिए । यसबारेमा नेकपा एमालेले पनि सर्वोच्चको फैसलालाई सम्मानसाथ कार्यान्वयन गर्ने अभिव्यक्ति दिएको थियो ।

सर्वोच्चको फैसलापछि पनि मन्त्रीमा निरन्तरता पाइरहनका लागि बादलले आजको उपनिर्वाचन जित्न आवश्यक थियो । तर विपक्षी गठबन्धनको बलियो उम्मेदवार संघीयता विज्ञ डा. खिमलाल देवकोटासँग पराजित भएपछि बादलको अन्तिम विकल्प पनि समाप्त भएको हो ।

आजको उपनिर्वाचनमा डा. देवकोटा ५ हजार ८८ मतभारले विजयी हुँदा बादलले ४ हजार १४ मतभार मात्र प्राप्त गरे ।

बादललाई उपनिर्वाचनमा जिताउनकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक द्वन्द्व समाधानको थालनी गरेका थिए । बुधबार उनले सार्वजनिक अपील जारी गर्दै पार्टीका सम्पुर्ण जनप्रतिनिधिहरुलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->