काठमाडौं, ७ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ । उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर सहित दाबी गरेका छन् ।
दुवैले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।





