बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बानेश्वरमा विपक्षी पाँच दलको बैठक, १४९ जनाकै तर्फबाट रिट हाल्नेबारे छलफल !

बानेश्वरमा विपक्षी पाँच दलको बैठक, १४९ जनाकै तर्फबाट रिट हाल्नेबारे छलफल !

प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ ८ २०७८, शनिबार

काठमाडौं, ८ जेठ – पछिल्ला राजनैतिक घटनाक्रमको वारेमा छलफल गर्ने विपक्षी पाँच दलको बेठक बानेश्वरमा वस्न लागेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो। शनिबार साढे ११ बजे बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने जसपा नेता मोहमत इस्तियाक राईले बताए।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै नेता पौडेलले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं।’

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->