बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मुख्यमन्त्री गुरुङका एकैदिन तीन महत्वपूर्ण काम

मुख्यमन्त्री गुरुङका एकैदिन तीन महत्वपूर्ण काम


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १० २०७८, सोमबार

पोखरा, १० जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनस्वास्थ्यको क्षेत्रमा एकैदिन एकैस्थानमा तीन महत्वपूर्ण काम गरेका छन् ।
प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास, दश शैया क्षमताको आइसियुको सुरुवात र शैया विस्तारसहित नयाँ भवन निर्माणको शिलान्यस एकैसाथ समपन्न गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री गुरुङले सोमवार प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा एकैसाथ तीन काम समपन्न गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्तब्य राख्दै मुख्यमन्त्रीले प्रदेशको एकमात्र संक्रामक सरुवा अस्पताललाई नेपालकै उत्कृष्ठ अस्पताल वनाउने दावी गरे । उनले अहिलेको वजेट जनताको जीवनरक्षा लागि विनियोजन गरिने र कोभिड नियन्त्रण तथा रोकथामका लागि विशेष ध्यान दिने वताए ।
जनताको जीउ सवैभन्दा ठूलो विषय भएकोले महामारीको विरुद्ध सवै एकतावद्ध भएर लड्नुपर्ने वताउदै मुख्यमन्त्री गुरुङले पिसिआर परीक्षणमा भएको ढिलाई सुधार्दै मन्त्रालयले २४ घण्टाभित्र नतिजा आउने गरी कामको ब्यवस्थापन मिलाएको वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->