बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नेपाल सहित स्थायी कमिटीका १५ सदस्यको संयुक्त वक्तव्य : ‘ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य’

नेपाल सहित स्थायी कमिटीका १५ सदस्यको संयुक्त वक्तव्य : ‘ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य’

वक्तव्य जारी गर्नेहरूमा योगेश भट्टराई र गोकर्ण विष्ट पनि छन् ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १२ २०७८, बुधबार

काठमाडौं, १२ जेठ – नेकपा एमालेका माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ । १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

नेताहरूले विज्ञप्तिमार्फत एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट हुन अपिल गरेका छन् । ‘हालै पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरूलगायत पार्टीको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरू एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक गरिएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भर्त्सना गर्दछौं ।’

११ जनाले जारी गरिएको संयुक्त विज्ञप्तिमा पार्टी मिलाउन कार्यदलमा छलफल हुँदा-हुँदै संसद विघटन गरेर त्यसलाई समाप्त पारिएको आरोप लगाइएको छ। ‘कार्यदलमा रहेर पनि हामीले सोही आग्रह गर्‍यौं,’ वक्तव्यमा भनिएको छ, ‘ तर उहाँबाट पार्टी एकताको दिशामा काम हुनुको साटो हठात् प्रतिनिधि सभा भंग गर्ने दुराशयका साथ नेपालको संविधानको धारा ७६ को उपधारा ४ र ५ मिच्दै राष्ट्रपति विद्यादेवी भण्डारीसंग मिलामतो गरी आफैलाई प्रधानमन्त्री घोषित गर्नुका साथै फेरी प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कार्य भयो ।’

प्रधानमन्त्री केपी ओलीविरुद्ध लड्न वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुबीचको एकता आवश्यक रहेको भन्दै त्यसका लागि आवश्यक पाइला चाल्न तयार रहेको उल्लेख गरिएको छ। ‘अतः प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ,’ भनिएको छ, ‘यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं।’

वक्तव्य जारी गर्नेहरूमा योगेश भट्टराई र गोकर्ण विष्ट पनि छन् । उनीहरू पार्टी एकताको पक्षमा उभिँदै देउवालाई प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनको कदमको विपक्षमा थिए ।

हेर्नुहोस् वक्तव्यको  पूर्णपाठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->