पोखरा, १७ जेठ– कास्कीमा ४ अर्ब ५ करोड ३१ लाख अनुदान आएकोमा पोखरा महानगरपालिकाले २ अर्ब ५६ करोड १६ लाख प्राप्त गरेको छ । गाउँपालिकाको भागमा परेको १ अर्ब ४९ करोडमध्ये अन्नपूर्णले ४२ करोड १० लाख,माछापुच्छ«ेले ३८ करोड ३ लाख,मादीले ३५ करोड ३६ लाख र रुपाले ३३ करोड ६६ लाख प्राप्त गरेका छन् । समानीकरण,ससर्त, विशेष र समपुरक शीर्षकमा संघले अनुदान दिने गर्छ ।
सबै गाउँपालिका रहेको मनाङको चामेले १५ करोड ८८ लाख,नार्फाले १२ करोड ५१,नासोंले १७ करोड२७ लाख र मनाङले १५ करोड ६८ लाख रुपैयाँ प्राप्त गरेको छ । मुस्ताङको घपरजोङले २१ करोड ८ लाख,थासाङले २१ करोड ९१ लाख,लो घेकरले १४ करोड २१ लाख,लोमान्थाङले १६ करोड ३० र बाह्रगाउँ मुक्तिक्षेत्रले २० करोड २२ लाख रुपैयाँ पाएका छन् । पर्वतका दुई नगरपालिकामध्ये कुस्मालाई ५७ करोड ५ लाख र फलेबासलाई ५३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकामध्ये जलजलाले ३१ करोड ९४ लाख,पैंयुले २२ करोड ७० लाख,महाशिलाले २५ करोड ९ लाख,मोदीले ४१ करोड ११ लाख र बिहादीले ३० करोड ४६ लाख रुपैयाँ प्राप्त गरेका छन् । स्याङ्जाका ५ नगरपालिकाहरु गल्याङ, चापाकोट,पुतलीबजार, भीरकोट र वालिङले क्रमशः ५३ करोड ७९ लाख,४२ करोड ६० लाख,५८ करोड ६४ लाख,३८ करोड ५१ लाख र ५७ करोड ६७ लाख रुपैयाँ हात पारेका छन् । गाउँपालिकामध्ये अर्जुनचौपारीले २७ करोड ६४ लाख,आँधीखोलाले ३३ करोड ६८ लाख,कालीगण्डकीले ३५ करोड ६५ लाख,फेदीखोलाले २४ करोड ३७ लाख,विरुवाले ३१ करोड ५ लाख र हरिनासले ३१ करोड ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । म्याग्दीको बेनी नगरपालिकाले ४७ करोड ५० लाख रुपैयाँ पाउँदा गाउँपालिकाहरु अन्नपूर्ण, धवलागिरी,मंगला,मालिका र रघुगंगाले क्रमशः ३१ करोड ५ लाख,२७ करोड ९९ लाख,३० करोड ५६ लाख, ३१ करोड ९२ लाख र ३१ करोड ३२ लाख प्राप्त गरेका छन् ।
नवलपरासीको कावासोतीm गैंडाकोट, देवचुली र मध्यविन्दुलाई क्रमशः ५९ करोड ७९ लाख,५१ करोड ४४ लाख, ४३ करोड ९२ लाख र ४९ करोड ४७ लाख विनियोजन गरिएको छ । गाउँपालिकाहरुमध्ये वौदकालीलाई २५ करोड ६१ लाख,बुलिङटारलाई ३१ करोड २८ लाख,विनयत्रिवेणीलाई ३५ करोड ४३ लाख र हुप्सेकोटलाई ३२ करोड ५५ लाख विनियोजन भएको छ ।
तनहूँका भानु,भिमाद, ब्यास र शुक्लागण्डकी नगरपालिकालाई क्रमशः ५४ करोड २७ लाख, ३८ करोड ९१ लाख, ७७ करोड ३० लाख र ५३ करोड ९० लाख तथा गाउँपालिकाहरुमध्ये आँबुखैरेनीलाई २७ करोड ८५ लाख,ऋषिङलाई ३२ करोड ४४ लाख,घिरिङलाई २५ करोड ९६ लाख,देवघाटलाई २५ करोड ८७ लाख,म्याग्देलाई ३२ करोड ३० लाख र बन्दीपुरलाई ३० करोड ६६ लाख विनियोजन भएको छ । लमजुङका ४ नगरपालिकामध्ये बेसीसहरलाई ४६ करोड ३५ लाख, मध्यनेपाललाई ४० करोड ७८ लाख,राइनासलाई ३८ करोड ५९ लाख र सुन्दरबजारलाई ४३ करोड ४२ लाख प्राप्त भएको छ । गाउँपालिकामध्ये क्हेंलासोंथरले ३३ करोड २२ लाख, दूधपोखरीले २० करोड ४२ लाख,दोर्दीले ३८ करोड ७९ लाख र ३२ करोड ६० लाख प्राप्त गरेका छन् ।
गोर्खाको अजिरकोट, आरुघाट, गण्डकी, चुमनुब्री, धाँचे,भीमसेन थापा,शहीद लखन, सिरानचोक र बारपाक गाउँपालिकाले क्रमशः २९ करोड ४८ लाख,३७ करोड ७५ लाख,४० करोड ७२ लाख,२० करोड १३ लाख,२४ करोड १७ लाख,३७ करोड ४२ लाख,४० करोड ५३ लाख,४२ करोड र ४० करोड ३ लाख प्राप्त गरेका छन् भने गोरखा र पालुङटार नगरपालिकाले क्रमशः ५६ करोड ९५ लाख र ५१ करोड ४ लाख रुपैयाँ प्राप्त गरेका छन् ।





