बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा मुख्यमन्त्रीले गरे पहिलो मतदान

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा मुख्यमन्त्रीले गरे पहिलो मतदान

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पद हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७८, सोमबार

दाङ, १७ जेठ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेर राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचनको मतदान शुरु भएको छ । विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका तीन मतदान स्थलको व्यवस्था गरिएको छ । निर्वाचनमा १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १७ जना र ८३ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन् । कोभिड संक्रमितका लागि अलगै स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।
राष्ट्रिय सभा निर्वाचनका लागि सबै मतदाताको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ । पीसीआर परिक्षण नगरेकाहरुका लागि मतदान स्थलमै एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइएको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । निर्वाचनमा जसपाको महन्थ ठाकुर पक्षले खड्कालाई मतदान गर्न ह्वीप जारी गरेको छ । सचेतक कल्पना पाण्डेले विज्ञप्ति जारी गरी खड्कालाई मतदान गर्न निर्देशन गरेकी छन् ।  जसपाका ४ सांसदलाई अन्तिम समयमा मतदातामा समावेश गरेको भन्दै गठबन्धन दलले विरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->