सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता आज

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता आज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७८, सोमबार
अर्थमन्त्री किरण गुरुङ

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदैछ । प्रदेश सभाको आजको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार अर्थमन्त्री किरण गुरुङले बजेटका सिद्धान्त तथा प्राथमिकता टेबुल गर्नेछन् । सोमबारबाट नै त्यस उपर छलफल थालिने छ ।

विनियोजन विधेयक प्रस्तुत हुनु १५ दिन अगावै प्रिबजेटमाथिको छलफल सम्पन्न भइसक्नुपर्ने कानुनी प्रावधान छ । अर्थमन्त्री किरण गुरुङले प्रदेश सभा नियमावलीको व्यवस्था अनुसार प्रिबजेट प्रस्तुत गरेर छलफल थालिने बताए ।

विपक्षी दलहरुले भने अल्पमतको सरकारले पहिला विश्वासको मत लिएर मात्र बजेटसम्बन्धी क्रियाकलाप अगाडि बढाउन सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘अल्पमतको सरकारले बजेट ल्याउन सक्दैन, त्यसो भएपछि प्रिबजेट छलफल किन गर्ने, पहिला विश्वासको मत लिन सुझाव दिएका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->